November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जा

  • 10
    Shares

कर्णाली, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न बैंक तथा बित्तीय संस्थाको ब्याजदर घटिरहेको समयमा सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ ।

सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहकारी संस्थाले कोरोना प्रभावित शेयर सदस्यलाई आयआर्जन र उत्पादनमा जोड्ने उद्देश्यले ऋणको ब्याजमा भारी छुटको घोषणा गरेको हो ।

बन्दाबन्दिको समयमा समेत कतिपय सहकारीहरुले ब्याजमा हर्जना असुलिरहेको गुनासो आइरहेका बेला उक्त सहकारीले भने विभिन्न क्षेत्रमा सहुलियतपूर्ण ऋणको ब्याजदरको कार्यक्रम अघि सारेको हो । सहकारीका प्रबन्धक हरिप्रसाद पौडेलले यो व्यवस्था आगामी कात्तिक १ गतेदेखि लागू हुने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको