January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

ढोरपाटनका बाढी प्रभावितको लागि जुट्यो डेढ करोड बढी राहत

  • 11
    Shares

बागलुङ, ढोरपाटनका बाढी प्रभावितको राहतका लागि स्थापना गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढीले विस्थापित भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताएका छन् । “राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उनले भने, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।”

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत रु. २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि रु. १९ लाखबढी राहत रकम प्रदान गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको