April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

  • 1
    Share

मुग्लिन, त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो ।


दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको