April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेपाल शाकाहारी पार्टीद्वारा पशुपति क्षेत्रमा नि:शुल्क खाना वितरण

काठमाडौं, पशुपति क्षेत्रमा नेपाल शाकाहारी पार्टीद्वारा शुक्रवार नि:शुल्क खाना वितरण गर्नुको साथै “नशा मुक्त” नयाँ अभियानको थालनि गरेको छ ।

अभियान अलि अगाडि गरिएतापनि अझ तिव्र र नयाँ तरिकाले अघि बढ्ने बताईएको छ । शाकाहारी पार्टीका अध्यक्ष राधे खड्का लगायत, नरनाथ गौतम, राम सुन्दर कार्कि र यस अभियानलाई आत्मसाथ गर्ने यूवा आशीस डाङगीको उपस्थिति रहेको थियो । गुर्प र शाकाहारि पार्टीको सहकार्यमा नेपालको पहिलो नि:शुल्क खाना अभियान हो र त्यस क्षेत्रमा करिब तिन सय मानिस लाई नि:शुल्क भोजन गराईएको थियो ।


नेपाललाई शाकाहार बनाउने लक्क्ष बोकेका खड्काले बिभिन्न ठाउंमा शाकाहारि खाना खुवाउदै आएका छन र अब नशामुक्त समाज घोषणा गर्ने उनिलगायत उनका टिमहरुको भनाई छ । यस विषयमा उनीहरुले भर्चूअल मिटिङ गरिरहेका छन् र अब अझ परिमार्जन गर्दै अगाडि बढ्ने निष्कर्स लिईएको छ ।

यस अभियानमा साधुराम गिरी, दमन नाथ तुलाधर, राजेश सर्मा, आशीस डाङगी, गोपाल खतिवडा र नवराज हुमागाईं रहेका छन भने यस अभियानमा परोपकार समाज र मानव कल्याण समाजको साथ छ । अहिंसा दिवसलाई लंक्षित गर्दै सो कार्यक्रम गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको