April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

आजको मौसम पुर्वानुमान हेर्नुहोस यी प्रदेशमा हुँदैछ हल्का वर्षा

  • 1
    Share

काठमाडौं, बंगाल खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

राती प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको