April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कोरोना प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण अभियान तीव्र

  • 26
    Shares

काठमाडौँ, काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण तिव्र गतिले फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लाग्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको सुनाए । हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा ३००, धुलो, चिया र डाँठ समेत वितरण गरिएको छ ।

खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने गरेको छ । पातञ्जल योग समिति, चक्रपथ सफाइ अभियानको पश्चिम खण्डमा गरी ३५० वटा गुर्जो वितरण गरिएको छ ।

यसैगरी त्रिभुवन विश्वाविद्यालयको राजनीति शास्त्र, भूगोल लगायत चार विभागमा करिब ४०० बिरुवा वितरण गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा पनि ३०० बिरुवा हस्तान्तरण गरिएको अध्यक्ष राजलवटले जानकारी दिएका छन् । यसैगरी काठमाडौ महानगरपालिका वडा नं १० मा पनि गुर्जोको बिरुवा निःशुल्क वितरण गरिएको छ । वडा अध्यक्ष रामकुमार केसीलाई कोरोना पोजेटिभ भएकालाई दिने गरी ३० किलो गुर्जोको धुलो समेत वितरण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको