April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

प्रदेश ५ को राजधानी भालुवाङ तोकिएसँगै दाङमा खुशीयाली, बुटवलमा विरोध

  • 22
    Shares

बुटवल, शुक्रबार प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलमा अनेक प्रतिकृया सार्वजनिक भएका छन् । बिपक्षी बिद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन भने सरकार निकट ब्यवसायिक संगठनहरुले आपत्ति जनाएका छन् ।


नेकपा रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदीले प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेकोले जनताबाट निर्वाचित सांसदहरुले गर्ने निर्णय जनताकै पक्षमा हुने प्रतिक्रिया दिएका छन् ।


नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रदेश राजधानी दाङमा राख्ने प्रस्तावले नेपाली कांग्रेस रुपन्देही स्तब्ध वनेको बताएका छन । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले प्रदेशको नाम लुम्विनी राख्नुपर्ने आफूहरुको माग अनुसार नाम प्रस्ताव गरिएकोमा खुसी ब्यक्त गरे ।


जनता समाजबादी पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश ५ प्रदेश सभा सदस्य कल्पना पाण्डेले आफ्नो पार्टीले छलफल गरेर मात्र औपचारिक धारणा वनाउने बताए । सभामा प्रदेशको राजधानी दाङ राख्ने प्रस्ताव भएकोमा संभावित विरोधको अवस्थालाई दृष्टिगत गर्दै बुटवलमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।


दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै प्रदेशकै समस्या हल भएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको