January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै हो: प्रधानमन्‍त्री ओली

  • 23
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै भएको बताएका छन् । शुक्रबार विश्वविद्यालय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालय सरह रहेको भन्दै उनले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताए । 

विद्युतीय माध्यामको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताएका छन् । विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७।०७८ का नीति कार्यक्रम तथा बजेट परित गर्दै सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७७।०७८ का लागी २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित सँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यीता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको