January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

एशियन अनलाइन बुद्धिचालमा नेपालका १० खेलाडी सहभागी हुने

  • 2
    Shares

काठमाडौँ, एशियन अनलाइन नेशन्स बुद्धिचाल कप, २०२० मा नेपालका १० खेलाडीले भाग लिने भएका छन् । नेपाल बुद्धिचाल सङ्घले उक्त प्रतियोगिताका लागि फिडे रेटिङ, राष्ट्रिय प्रतियोगिता तथा छनोटमार्फत पाँचपाँच पुरूष र महिला खेलाडी छनोट गरेको हो ।


छनोट हुनेमा पुरुषोत्तम चौलागाईँ, विवेक लामा, केशव श्रेष्ठ, सुमित पन्त, छितिज भण्डारी, सुजना लोहनी, इन्दिरा जोशी, अनिशा न्यौपाने, कृतिसारा अधिकारी र पुनम रपासैन छन् । छनोट खेलमा महिला तथा पुरुष गरी २९ खेलाडीले भाग लिएका थिए । एशियाली बुद्धिचाल महासङ्घले पहिलो पटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको