April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला

भरतपुर, चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ । पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताएका छन् । गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको