April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

महामारीमा नागरिक जोगाउनु सरकारको पहिलो दायित्व हो: पूर्वमन्त्री बाँस्कोटा

  • 57
    Shares
file photo

काभ्रेपलाञ्चोक, पूर्वमन्त्री नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् । “महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि ?” बाँस्कोटाले प्रश्न गरे ।

बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए । “अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ”, उनले दोहोर्‍याए ।

शीर्ष समाचार

धेरै पढिएको