January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

एकैदिन २ हजार ७२२ सङ्क्रमित थपिए, ३ हजार ३०७ कोरोनामुक्त

  • 10
    Shares

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७२२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको हो ।देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार २३४ रहेको छ ।

आजको पीसीआर टेस्ट १४ हजार ७३४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको सङ्ख्या ४ हजार ८८५ पुगेको छ । गत २४ घण्टामा कोरोनामुक्त भई ३ हजार ३०७ जना डिस्चार्ज भएका छन । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६० हजार ६९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस ब्रीफिङमा बताएका छन ।

शीर्ष समाचार

धेरै पढिएको