January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

यतीले आगामी असोज २१ बाट सिमरामा नियमित उडान गर्ने

  • 7
    Shares

काठमाडौँ, निजी क्षेत्रको वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

२२औँ वार्षिकोत्सवका अवसरमा एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिएका छन् । “सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ”, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको