रसुवागढी नाकामा काम गर्ने व्यक्तिहरुको हरेक हप्ता पिसिआर गरिने

रसुवा, रसुवागढी नाकामा काम गर्ने नेपाली चालक र कामदारको प्रत्येक हप्ता पिसिआर गरिने भएको छ । चीनले कोभिड–१९ को जोखिमलाई ध्यानमा राख्दै नाकामा काम गर्ने व्यक्तिहरुको पिसिआर गर्न लागेको हो ।
आइतबारदेखि नाकाबाट आयात बढ्ने र कोरोनाको जोखिम कायमै रहेकाले चीनले नेपाललाई पिसिआर गर्न आग्रह गरेको भए पनि नेपालमा प्रत्येक साता पिसिआर गर्ने मापदण्ड नभएको कारण कठिन हुने भएपछि चीनले आफैंले पिसिआर गरिदिने प्रतिवद्धता जनाएको हो ।
यसअघि चिनियाँ सवारीले मितेरी पुलमा सामग्री झार्दै आएकोमा आइतबारदेखि नेपाली भूभागमा नै सामग्री झार्ने तयारी गरेको छ। यसका लागि नेपाली पक्षले व्यवस्थापनको काम गरिरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताएका छन् ।
प्रतिकृया दिनुहोस्