April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

१८ दिनपछि बेनी–जोमसोम सडक सञ्चालनमा

  • 10
    Shares
file photo

म्याग्दी, पहिरोले १८ दिनसम्म अवरुद्ध गरेको म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकखण्ड बिहिवारबाट सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको