April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

कपिलवस्तुमा आधा किलो सुनसहित एक युवक पक्राउ

  • 6
    Shares

कपिलवस्तु, कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गर्दा मायादेवी गाउँपालिका–७ बनकसियामा गुप्ताको साथबाट आधा किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

गुप्ताले कम्मरमा बाँधेको नीलो रङको थैलीभित्र २४ क्यारेट सुन ४३ तोला, १८ क्यारेट सुनको सिक्री एक तोला ४७ लाल, १८ क्यारेट सुनको औँठी बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको