January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

एक वर्षको अवधिमा क्यान्सर अस्पताल भरतपुरबाट रु ३८ करोडको निःशुल्क उपचार सेवा

  • 19
    Shares

भरतपुर, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो । यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ ।

सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको