नेकपाका अध्यक्षद्वयको बैठक सकियो, सचिवालय बैठक भोलि ४ बजे

काठमाडौं, नेकपाका दुई अध्यक्षबीच शुक्रबार विहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा विहान बैठक भएको हो ।
आज बसेको दुई अध्यक्षबीचको बैठकले भोलि शनिबार साँझ ४ बजे सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार भोलि साँझ ४ बजे बालुवाटारमा सचिवालयको बैठक बस्नेछ । दुई अध्यक्षबीच सहमतिको मोटामोटी खाका तयार भएपछि सचिवालयको बैठक बोलाउने यसअघि सहमति बनेको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । दुई अध्यक्षबीच पुरानै विषयमा छलफल भएको बताएका छन् ।
प्रतिकृया दिनुहोस्