April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

भारतबाट आयात हुने रसायनयुक्त माछाको बिक्रीवितरणमा रोक

  • 21
    Shares

झापा, भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले झापाको विर्तामोड नगरपालिकाले त्यस्ता माछाको विक्रीमा प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको बिहीवार बसेको बैठकले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको प्रयोगले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने हुँदा यसको विक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको नगरका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिनुभयो ।

मरेका माछालाई कुहिन नदिन फर्मालिन नामक विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउन सक्छ । माछा र कुखुराको अण्डामा विर्तामोड नगरपालिका आत्मनिर्भर रहेको हुँदा त्यस्ता विषाक्त रसायन प्रयोग भएको भारतीय माछाको विक्री गर्नुपर्ने आवश्यकता नै नभएको उहाँको भनाइ छ ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशाला समेत नगरपालिकाले सञ्चालन गर्दै आएको छ । विर्तामोड नगरलाई विषादीमुक्त बनाउन नगरपालिकाले विभिन्न अभियान पनि सञ्चालन गर्दै आएको छ । नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले भारतबाट आयातीत विषाक्त रसायनको प्रयोग भएको माछाको विक्री गरेको पाइएमा त्यस्ता व्यवसायीलाई कडा कानूनी कारवाही गर्ने नगरपालिकाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको