अनसन फिर्ता लिएर सहयोग गर्न डा. केसीलाई प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडौं, परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गरेका हुन् ।
डा. केसी अहिले शिक्षण अस्पतालमा अनसनरत छन् । उनले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउदै मन्त्री ज्ञवालीले भने, “अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनसन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।”
डा. केसीले उठाएको मागअनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्