January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

मुख्यसचिवमा शंकर बैरागी, राजदूतमा डा.खतिवडा र रेग्मी सिफारिस

  • 10
    Shares

काठमाडौं, सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताएका छन् ।

बैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लाेकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा. खतिवडा केही समय पहिलासम्म अर्थमन्त्री रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको