April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

ऐतिहासिक रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर

  • 28
    Shares

काठमाडौं, आज ऐतिहासिक रानीपोखरी बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार गजुर राखिएको छ ।  बिहान ८ बजेको साइतमा रानीपोखरीको बीचमा रहेको निर्माणाधीन बालगोपालेश्वर मन्दिरमा मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिएको हो ।

मुख्य गजुर १२३ किलोग्राम तौलको छ । तामाले बनेको हो गजुरको बाहिरी आवरण सुनले लेपन गरिएको हो । दशैँअघि नै मन्दिर उद्घाटन गर्ने योजना राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ । अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले सञ्चारमाध्यमलाई बताएका छन् ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन ।

शीर्ष समाचार

धेरै पढिएको