April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

थप १ हजार ९११ जनामा कोरोना पुष्टि, ९६१ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना पुष्टि भएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ८३० पुगेको छ ।

बिहीबार कोरोनामुक्त भई ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ६८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा रहनेको सङ्ख्या १० हजार ७६१ पुगेको छ । आज नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको म‌ृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको