April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

विदेशी पाइलटको तुलनामा स्वदेशी पाइलटले नै धेरै तलब बुझ्छन- नेपाल वायुसेवा निगम

  • 25
    Shares

काठमाडौं, विदेशी पाइलटले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यून तलब बढेको हो ।

विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्डन गरेको छ ।

केही समयअघि अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने समाचारप्रति पनि निगमले आपत्ति जनाएको छ ।

निगमले कोभिड–१९ महामारीको विषम परिस्थितिमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन र विभिन्न देशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउन नेपाली तथा विदेशी पाइलटहरुको महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको