उपत्यकासहित देशका विभिन्न स्थानमा आजबाट सहुलियत पसल सञ्चालनमा

काठमाडौं, चाडपर्वलाई लक्षित गरी सरकारले आजदेखि उपत्यकासहित देशका विभिन्न स्थानमा खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उपत्यका र बाहिर गरी ६५ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्न लागिएको हो ।
उक्त पसलबाट नुन, चिनी, घिउ, चामल, दाल, फापर, केराउ, सिमी र खसीबोकामा छुट दिइने गरि यस्ता पसल छठ पर्वसम्म सञ्चालनमा रहनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन र र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथाली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा सो पसलहरु सञ्चालन गर्न लागेका हुन् ।
प्रतिकृया दिनुहोस्