March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

घन र त्रिशुलले हानेर १२ वर्षिय बालिका सम्झनाको हत्या गरेको बोहराले स्वीकारे

बझाङ, गाईवस्तुलाई घाँस हाल्न गोठ हिँडेकी सम्झना कामीलाई बलात्कारपछि घन र त्रिशुलले हानेर हत्या गरेको अभियुक्त राजेन्द्र बोहराले स्विकारेका छन् ।बझाङको मस्टा गाउँपालिका-२ खिकालामा गत बुधबार १२ वर्षिय सम्झना कामीको बलात्कारपछि हत्या भएको थियो । सोही दिन पक्राउ परेका बोहराले आठ दिनपछि मात्र हिजो हत्या स्वीकार गरेका हुन् ।

गोठ हिंडेकि सम्झनालाई सुरुमा फकाएर मन्दिर लगेको र सम्झना भित्र जान नमानेपछि उनले बोकेको डोको नाम्लो खोसेर बोहराले फालिदिएका थिए, उनले लछारपछार गर्दै मन्दिरभित्र लगेर बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ । बलात्कारको क्रममा सम्झनाले सक्दो प्रतिकार गर्दै गाउँका सबैको अगाडि बोहराको कर्तुत खुलाउछु भनेपछि पोल खुल्ने डरले हत्या गरेको उनले बयानमा बताएका छन् । मन्दिरभित्रै रहेको घन र त्रिशुलले हानेर निर्ममतापुर्वक हत्या गरेको प्रहरीसामु स्वीकारेका छन् भने प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका हतियार बरामद गरेको छ ।

सम्झनाको आफन्त र परिवारले बुधबार चैनपुर सेती नदि बाहुलीगाडको दोभानमा उनिको अन्तिम संस्कार गरेका छन् । दोषीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने माग राख्दै परिवारले शव बुज्न मानेका थिएन ।

प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको थियो । सम्झनालाई श्रद्धाञ्जली दिन जिल्लास्थित राजनीतिकर्मी, मानवअधिकारकर्मी र दलित अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि सेती दोभान पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको