January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

आगामी कात्तिक ७ गतेदेखि कानूनबमोजिम क्लिनफिड लागू हुन्छ: प्रम ओली

  • 12
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्भालेका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि अपिल गरे ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको