April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

रुकुम-पुर्वामा कर्मचारीको अभाव हुँदा चामल वितरण हुन सकेन

  • 19
    Shares

रुकुमपूर्व, रुकुम–पूर्वमा खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत खाद्यको चामल वितरण भइरहेको हो ।

ठेकेदारमार्फत खाद्यको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–२ पेल्माका सूर्य बुढाले बताएका छन् । जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उनको भनाइ छ । जिल्लामा अहिले खाद्य डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ ।

विगतका वर्षमा शोभा डीपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो । कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम–पश्चिमका नीमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

शीर्ष समाचार

धेरै पढिएको