April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

थप १५५९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ७७ हजार नाघ्यो

काठमाडौं, बुधवार थप १ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस ब्रीफिङमा बताएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई १ हजार ५६ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४२८ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ९ सय २ जना नयाँ संक्रमित थपिएका छन । यी मध्ये काठमाडौं जिल्लामा मात्र ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन ।

नेपालमा देशभर ५ हजार ७ सय २८ जना क्वारेन्टिनमा रहेका र २ सय १ जना आइसीयूमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो । यसैगरी देशभरमा जम्मा ३० जना भेन्टिलेटरमा उपचाररत छन ।

शीर्ष समाचार

धेरै पढिएको