January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

अब नाङ्गा र गुजुल्टा तार हट्दै

  • 23
    Shares

बलेवा, बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन लागेको हो ।

अघिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका धेरै घटना बढेपछि प्राधिकरणलाई अदालतले आदेश जारी गरेको थियो । आदेशको पहिलो वर्ष केही स्थानमा केबुलीकरण गरेको प्राधिकरणले यो वर्ष भने बजार क्षेत्रमा पूरै केबुलीकरण गराएको प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताएका छन् ।

तत्कालीन मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश हरिप्रसाद पौडेलको संयुक्त इजलासले प्राधिकरणलाई चार महिनाभित्र नाङ्गो तार हटाउन आदेश दिएको थियो । थोत्रा पोल फेरेर नयाँ पोल गाँड्न र सर्वसाधारणको ज्यानको जोखिम हुने काम नगर्नसमेत जारी भएको परमादेशको पूर्ण पालना हुन दुई वर्ष लागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको