March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बजारमा पाइने स्यानिटाइजरमा कैफियत देखिएपछि स्यानिटाइजरको माग ह्यात्तै बढ्यो

काठमाडौं, पछिल्लो समय मापदण्डबिपरित स्यानिटाइजर उत्पादन भएको पुष्टि भएपछि विभिन्न स्थानका स्यानिटाइजर उत्पादन उद्योगमा सरकारले धमाधम उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लागाएको छ ।

स्यानिटाइजरमा कैफियत देखिएका कारण बजारमा स्यानिटाइजरको माग ह्यात्तै बढेको हो ।औषधि व्यवस्था लिमिडेड विभागका महानिर्देशक विजयश्री रत्न बज्राचार्यअनुसार अहिले दैनिक झण्डै रु तीन लाख हाराहारीको स्यानिटाइजर बिक्री भइरहेको छ ।

औषधि व्यवस्था लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन शुरु गरिएको बज्राचार्यले जानकारी दिए । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

“हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, उनले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।”

शीर्ष समाचार

धेरै पढिएको