April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

आजको मौसम पूर्वानुमान: पहाडी भू-भागमा आंशिक बदली, केहि स्थानमा भारी बर्षाको सम्भावना

  • 1
    Share

काठमाडौं, वंगालको खाडीमा न्युन चापीय क्षेत्र कायम रहेका उक्त प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

बुधबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको