April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

नेविसंघका नेता नवराज त्रिपाठीसहित ६ जना पक्राउ

  • 7
    Shares

काठमाडौं, नेविसंघ नेता नवराज त्रिपाठीसहित ६ जना विद्यार्थी नेता कार्यकर्ताहरु पक्राउ परेका छन् । मंगलवार बिहान चाइनीज एम्बेसीमा विरोध प्रदर्शन गरिरहेका ५० मध्ये ६ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर, सीमा मिच्न पाइँदैन भन्दै नेपालस्थित चीनिया दूतावासमा प्रदर्शन गरेका छन् । त्रिपाठी चिनौँ सिमाना, जोगाऔँ माटो अभियानका संयोजकसमेत हुन् ।


पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्का रहेको नेविसंघ नेता तथा चिनौँ सिमाना, जोगाओँ माटोका अभियान्ता मनिष सिम्खडाले जानकारी दिए ।
‘कालापानी, सुस्ता लगायतका क्षेत्रमा नेपाली भुमी निरन्तर अतिक्रमणमा परिरहेको र समस्या समाधानमा राज्य उदाशीन रहिरहेको सन्दर्भमा स्कुल क्याम्पसमा अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई नेपाली भुमि र सिमानाका बारेमा सुचित गराउनु नेपाली बिद्यार्थी आन्दोलनको एउटा महत्वपुर्ण जिम्वेवारी हो र हुनुपर्छ भनेर हामीले “चिनौ सिमाना जागाऔ माटो” अभियाकर्ताहरुले भनेका छन् ।

उक्त अभियानअन्तर्गतनै देशैभरीका विद्यालयहरुमा लिपुलेक, लिम्पयाधुरा लगायतका मिचिएका भुमि समेत समेटिएको नेपालको नक्सा बनाउन सिकाउने र त्यससँग सम्बन्धित ऐतिहाँसिक तथ्यहरुबारे सुचित गराउने महिनौ लामो अभियान सञ्चालन पनि गरेको थियो ।

चौतर्फी दबाबबिच नयाँ नक्शा प्रकाशन र संबिधान संसोधन मार्फत मार्फत त्यसको अनुमोदन पछि सरकारले समस्या समाधानका लागि आवश्यक थप सार्थक कुटनीतिक पहल नगरेको अभियान कर्ताहरुको आरोप छ । चीनले सीमा मिचेको विषयमा स्थलगत रिपोर्ट नआउँदै सरकारले चीनले भूमि मिचेको छैन भन्नुले प्रश्न उठेको उनीहरुको ठहर छ।

शीर्ष समाचार

धेरै पढिएको