
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले लकडाउन लम्ब्याउने निर्णय भएको जानकारी दिए ।
एक मन्त्रीकाअनुसार कोरोना संक्रमणको बढ्दो अबस्था हेरेर लकडाउन थप्ने निर्णय भएको हो । परिस्थिति हेरि लकडाउनको स्वरुप बदल्नेबारे कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय गर्ने मन्त्रीकाे भनाइ छ ।





