
पछिल्लो समय नेपालमा दिनदिनै काेराेना संक्रमित बढ्न थालेकाे छ । शनिबार १ सय ९० जना थपिएका छन् । हालसम्म नेपालकाे ५३ जिल्लामा काेराेना भाइरस फैलिएको छ ।
काेराेना संक्रमितको संख्या १ हजार ४ सय १ जना पुगेका छन् भने मृत्यु हुनेकाे संख्या ६ पुगेकाे छ । उपचार पछि निकाे भएर फर्कनेकाे संख्या २ सय १९जना छन् । शनिबार १ सय ९० संक्रमित थपिएको दैनिक पत्रकार सम्मेलनमा स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी गराएका छन् ।






