January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

कपिलवस्तुमा बाढीले प्राधिकरणको गाडी बगाउँदा एकको मृत्यु, अझै दुई बेपत्ता,

  • 4
    Shares

कपिलवस्तु, कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ भने अझै दुई जना बेपत्ता छन् । गाडीमा ६ जना सवार थिए र ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाउन सफल भएका छन् ।

ईलाका प्रहरी कार्यलय पिपराका अनुसार हिजो दिउसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको शव नभेटिएपछि आज विहानै ५ बजेबाट खोजी कार्य सुरु भएको हो । खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशस्त्र प्रहरी वल पिपराका इन्स्पेक्टर चन्द्र प्रसाद ढकालले जानकारी दिएका छन् ।

६ जना सवार उक्त जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । हाम फालेर बाँच्न सफल मध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुन । अझै विद्यूत फ्यूज शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता छन् ।

शीर्ष समाचार

धेरै पढिएको