साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान गरेकी छिन् ।
अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस (सेप्टेम्बर २३)का अवसरमा बुधबार सुनाइसम्बन्धी समस्या भएका सबै दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना दिनुहुँदै राष्ट्रपतिले यस्तो विचार राखेकी हुन् । यसै उपलक्ष्यमा बहिरा समुदाय र साङ्केतिक भाषाको महत्त्व विषयक भर्चुअल कार्यक्रममा बुधबार साङ्केतिक भाषामा प्रकाशित सामग्रीहरूको विमोचन गरियो ।
भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले आगामी जनगणनामा सही रूपमा बहिरा तथा साङ्केतिक भाषा प्रयोगकर्ताको तथ्याङ्क ल्याउन जोड दिएकी छिन् । उनले साङ्केतिक भाषाको पहिचान, विकास तथा दोभाषे तालिम प्रदान गर्न भाषा आयोगले सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
प्रतिकृया दिनुहोस्