January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

स्याङ्जामा अबिरल बर्षाका कारण आएको पहिरोले घर भित्रै पुरिए नौ जना

  • 15
    Shares

स्याङ्जा, अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।


आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिएका छन् । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।


अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताए । प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको