January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको बैठकलाई परराष्ट्रमन्त्रीको सम्बोधन

  • 15
    Shares

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका सिलसिलामा न्युयोर्कमा भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा काठमाडौँबाट सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उहाँले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुले स्वास्थ्य र आर्थिक सङ्कटको दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका बताएका छन् ।

उनले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रुपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार‘डिजिटल’ प्रविधि महत्वमा जोड दिएका छन् ।

मन्त्री ज्ञवालीले राष्ट्र सङ्घका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सार्नुभएको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र, तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र, विकासका साझेदार, राष्ट्र सङ्घ र अन्य सरोकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको