November 30, 2021, Tuesday
२०७८ मंसिर १५, बुधबार

प्राइमटाइम्स टेलिभिजनद्वारा स्वर्गीय अनिल गाैतमकाे नाममा पुरस्कार दिने घाेषणा

काठमाडौं, प्राइम टाइम्स टेलिभिजनका भिडियो सम्पादक अनिल गौतमको मृत्यु भएको १३ औ दिनको पुण्य तिथिको अवसरमा पुरस्कार स्थापना गरिएको छ ।

टेलिभिजनले बुधबार श्रद्धान्जली सभाको आयोजना गरेको थियो । सोही सभालाई सम्बोधन गर्दै टेलिभिजनका अध्यक्ष ऋषि धमलाले अनिल गौतम स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् । धमलाले २० हजार १ रुपैयाँ राशीको पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् ।

पुरस्कारबारे जानकारी दिदै टेलिभिजनका अध्यक्ष धमलाले विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा संचारकर्मीको योगदानको आधारमा उक्त पुरस्कार वितरण गरिने बताएका छन् । पुरस्कार टेलिभिजनको स्थापना दिवस जेठ १५ गते हरेक वर्ष प्रदान गरिने छ ।

श्रद्धान्जली सभामा अध्यक्ष धमलाले स्वर्गिय गौतमले टेलिभिजनमा पुर्याएको योगदानको चर्चा गर्दै एक असल सहकर्मी गुमाउनुपर्दा ठूलो क्षति भएको बताएका थिए । त्यसैगरी टेलिभिजनका महाप्रबन्धक बैकुण्ठ ढुंगानाले गौतमको लगशिलता र अनुशासन सबैका लागि अनुकरणीय भएको पनि बताए ।

सभामा टेलिभिजनका सम्पूर्ण कर्मचारीहरुको सहभागि थियो । कार्यालयमा काम गरेर घर फर्किने क्रममा सवारी दुर्घटनामा परेर भाद्र २६ गते राती गौतमको निधन भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको