
काठमाडौं, । नेपालमा ५२ जिल्लामा काेराेना भाइरस फैलिएको छ । शुक्रबार एकै दिन १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यो सँगै संक्रमितको संख्या १२ सय १२ पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म २०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ।शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।





