November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

लागू औषध चरेस काण्डमा दुई महिला पक्राउ

कपिलबस्तु जिल्लाको कृष्णनगरमा लागु औषध चरेश सहित २ महिला पक्राउ परेकी छन् । उनिहरु सुटकेस र शरीरमा लुकाएर नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ३७ किलो लागु औषध चरेश सहति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर मनोहरी गाउपालिका वडा नं ०९ बस्ने बर्ष ४० की शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं. ५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ९ बानियाभर बस्ने बर्ष ३५ की बसन्ती घर्ती रहेका छन ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागु औषध चरेश ३७ केजी बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए । उनिहरु माथि थप अनुसन्धानका भइरहेको प्रहरी निरिक्षक पौडेलले बताए ।

शीर्ष समाचार

धेरै पढिएको