रसुवागढी नाका बन्द भएको तीन सातापछि सञ्चालनमा, आजबाट चिनियाँ सामाग्रीको आयत शुरु

रसुवा, चीनसँगको व्यापारिक नाका रसुवागढी बन्द भएको तीन सातापछि आजबाट सञ्चालनमा आएसँगै चिनियाँ सामग्रीको आयात सुरु भएको छ ।
नेपालतर्फ समान लोड-अनलोड गर्ने एकजना कामदारमा कोरोना संक्रमण देखिएपछि कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले करिब तीन सातादेखि बन्द गरेको रसुवागढी-केरुङ नाकामा आजबाट चिनियाँ सामग्रीको आयात सुरु भएको हो ।
चिनियाँ पक्षले मितेरी पुलको नजिकै निमार्ण गरिएको अस्थायी याडसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था मिलाईएको छ ।
व्यवसायीहरुले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, लगायत सामग्री केरुङमै अड्किँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको अवस्थामा नाका खुलेपछि सामान नेपाल आउने आशाा पलाएको व्यवसायी धर्म पौडेलले बताए ।
नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली जस्ता चाडबाड लक्षित सामानहरु बढी परिमाणमा सीमामा रहेकाले यस्ता सामानहरु नेपाल पठाउन चीनीया पक्षलाई आग्रह गरिएको रसुवा भन्सार प्रमुख पुन्य बिक्रम खड्काले बताएका छन् ।
प्रतिकृया दिनुहोस्