January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

आज काठमाडौं उपत्यकामा मात्रै थपिए ६३७ संक्रमित

  • 18
    Shares

काठमाडौं, काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९४४९ जनाको पीसीआर परीक्षण गर्दा ११७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६७,८०४ जना कोभिड संक्रमित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको