२५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
- hamro_kantipur
- २०७७ आश्विन ७

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित भए पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।
नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो ।
शीर्ष समाचार
- प्रिमियर लिग: लिभरपुललाई ३–२ गोलले हराउँदै म्यानचेस्टर एफए कपको पाँचौ चरणमा प्रवेश
- पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च
- राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी, सामान खरिद र प्रश्नपत्र छपाइको काम सप्पन्न
- राजपत्रबारे इजलासमा वादविवाद
- चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्