January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

काेराेना संक्रमितको संख्या ६७ हजार नाघ्याे, ११ सय ७२ संक्रमित थपिए

  • 11
    Shares

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालमा काेराेना संक्रमितको संख्या ६७,८०४ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो त्यसैगरी २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये ७२.१३ प्रतिशत निको भएकाे पनि डा. गाैतमले जानकारी गराएका छन् । हालसम्म नेपालमा काेराेना संक्रमित भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको