November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

दाङ बाट ८ जना काेराेना जितेर घर फर्किए


शुक्रबार कोरोनाभाइरस संक्रमणको उपचारपछि शुक्रबार ८ जना निको भएका छन्।दाङको बेलझुण्डिमा रहेको कोरोना विशेष अस्पतालमा भर्ना भएका बाँके, कपिलवस्तु र दाङका ८ जना उपचारपछि निको भएका हुन्।

निको हुनेहरूमा बाँके नरैनापुरका १८, २० र २५ वर्षीय पुरूष, कपिलवस्तुका २०,२९,३४ र ४२ वर्षीय पुरूष र दाङ गडुवा गाउँपालिकाका ३६ वर्षीय पुरूष रहेका छन्।उनीहरूलाई अस्पतालले शुक्रबार दिउँसो बिदाइ गरेको छ ।

कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ जना मध्य ८ जना निको भएपछि ३७ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालमा रुकुम पूर्व, रुपन्देही, कपिलबस्त , बाँके , दाङ र बर्दियाका रहेका छन् । उपचार गराई रहेका मध्य दुई जना महिला र अन्य पुरुषहरु उपचार गराइरहेका छन ।

शीर्ष समाचार

धेरै पढिएको