May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार

रातो बाकस – दिव्य गिरी

कविता : रातो बाकस
दिव्य गिरी

सपना खोज्न गएको ऊ
सपनाको देशमै
बिनाखबर
बिनासूचना
बर्षौँसम्म उतै हराईरह्यो
छोराको सपनासँग
बाबू-अामाक‍ो सपना
लोग्नेको सपनासँग
पत्नीको सपना
अर्थात् उनीहरूसँग
सपनाहरूको तहतह थियो
सबै सबै सपनाको अाँगनमा
भुलिरहेका थिए
र प्रतीक्षामा बसिरहे
पुरानो घरको पिँडीमा !

अचानक एक दिन
सपना खोज्न गएक‍ो ऊ
फर्केर अायो
रात‍ो बाकसमा !!!