November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

देखावटिमा दाजिएकी म “म” हु भनेर कसरी चिनाउ ?

भारी मन र रित्तो मस्तिष्क दिएर जाने यी दिनहरुलाई के भन्नु ???

डरलाग्दो सपनी अनि अत्त्यासलाग्दो आभाष दिएर जाने यो रातसँग म के गुनासो गरौ ?

बिग्रेको छवि अनि रित्तो गोजिको काहानी कसलाई सुनाउ ???

निथ्रुक्क भिजेर ओभाएका परेली र थाकेको मनसाय कसरी बयान गरौं ?

खोजेको तिमी तर सधै आफैलाई मात्र सारहिन किन पाए!

फेरिएको आशासगै मौलाएको मेरो कथा पाइला भन्दा धेरै मोडहरु किन छन् ??

यी दु:खले मेरै बाटो किन पर्खिरहेछ??

किन हतासमा हुन्छ मलाई भेट्न सधै ?

म आज कसैको सपनामा बाचिरहेको छु सायद मेरो सपनामा कोहि बाचिरहेको होला ।

प्रेमले दिएको तृष्णा र घृणा कहाँ लगेर पोखिदिउ
उपहारस्वरूप पाएको आँसु र एक्लोपन कसलाई बताउ ?

देखावटिमा दाजिएकी म “म” हु भनेर कसरी चिनाउ ?

यसर्थ मैले मेरा बहालवाला आफन्तलाई सोधे सहायता र प्रेम के हो ?

तर बिडम्पना परिभाषा पाउनु अघि नै बिलिन भए ।

शीर्ष समाचार

धेरै पढिएको