November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

भाषा भास्कार (निभा) प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । भाषा भास्कार (निभा) प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातन्त्र सेनानी ,भाषा निभा प्रमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव रत्न राज्यलक्ष्मी क्याम्पस र सुकुन्दा साहित्य पाः लाः को संयुक्त आयोजनामा क्याम्पस सभाहलमा मनाएको हो ।

सुकुन्दा साहित्य पाःलाः का संचिव एवम् रिदेन महर्जनको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले प्रेमबहादुर कंसाकारको तस्बिरमा माल्यार्पणका साथै पानसमन दिप प्रज्वलन गरेर कार्यक्रम सुभारम्भ भएको थियो।

नेपालभाषा क्षेत्रका जाज्वल्यमान तारा बहुमुखि प्रतिभाका धनी प्रेम बहादुर कंसाकार जस्ता थुप्रै महान व्यक्तित्वहरुको जन्मोत्सव मनाउनु पर्ने जाेड दिदै उहाँहरुको कृतिहरु प्रकाशनमा ल्याउन घच्घच्याउन कार्यक्रम गरेको जनाउँदै नेपालभाषा अभियान्त एवम् सुकुन्दा साहित्य पाः लाः अध्यक्ष प्रशान्त डंगोलले सम्पुर्ण अतिथिहरुलाई कार्यक्रममा स्वगत मन्तव्य राखेर सुरू गरिएकाे कार्यक्रममा अतिथि प्रा. डा चन्द्रमान बज्राचार्यले प्रेम बहादुर कंसाकारको जीवनीकाे चर्चा गर्नु भएकाे थियाे ।

सुमित दास रञ्जितकारले कार्यक्रम संचालन गरेकाे कार्यक्रममा कविता वाचन समेत गरेका थियाे भने अतिथीहरू जनगायक चन्द्रबहादुर श्रेष्ठ (माईला दाई) ले जनताकाे गीत ‘चिलाख च्याका’ क्रान्तिकारी तथा लोक कवि राजभाई जकःमि भाषा निभा प्रेम बहादुर कंसाकार जीवनीमा अाधारित कविता तथा सखाः राजकर्णिकारले भ्वाइलिन, ससु राजकर्णिकारले माडलकाे फ्यूजन धुन सिरसाया हयेगु धुनले मन्त्रमुग्ध बनाएकाे थियाे ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भूतपुर्व विध्यार्थी एवम् नेपालभाषा केन्द्रियको शिक्षक अतिथि सरद कसाले प्रेम बहादुर कंसाकारले स्थापना गरेको जबसम्म आशा सफू कुथि रहन्छ तबसम्म प्रेम बहादुर कसांकार अमर रहने जनाउँदै तबसम्म नेवार समुदायको भाषा, संस्कृति इतिहास आदि समेत जिवित रहने जनाए । अहिले आशासफू कुथि स्वदेशीको लागि मात्रै नभई विदेशीहरुको लागि समेत अध्ययन अनुसन्धान गर्ने केन्द्र रहेको समेत जानकारी गराए ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदनशेन बज्राचार्यले तात्कालिन २०१९ सालमा महेन्द्र सरकारलाई भाषिक समान्ताका लागि केदारमान व्यथित, सत्यमोहन जोशी मिलेर बिन्ति पत्र राजा महेन्द्रलाई हस्तातरण गरेको स्मरण गराउँदै भाषा, साहित्य तथा अनुसन्धानमा प्राचिन ग्रन्थ संरक्षण समेत उल्लेखनिय भूमिका खेलेको चर्चा गरे ।

नेवाः देय् दबु अध्यक्ष पवित्र बज्राचार्यले जन्माउत्सव मनाउने कार्य सुकुन्दा साहित्य पाःलाः गरेकाे एकदम सराहनीय भएकाे तथा नेवा विद्यार्थी युनियनले सफल पारेकाे जनाउँदै नेपालभाषा अभियान्ताहरुले सुभारम्भ गरे सोकाको प्रशंसा गर्दै प्रेमबहादुर कंसाकारले स्रवप्रथम आशासफू कुथि पवित्र बज्राचार्यको घरबाट सुरु गरेको पछि मात्र रक्तकालीमा सारिएको जानकारी गर्नुका साथै नेवाः देय् दबुले पनि गर्न नसकिरहेको जनाउँदै आगामी दिनहरुमा सहकार्य अघि बढ्ने जनाउँदै भाषा निभाः प्रेम बहादुर कंसाकारबाट प्रेरणा लिएर युवा पुस्ता अघि बढ्नु पर्ने जनाउनु भयो ।

प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले महान व्यक्तित्वको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद टक्राउदै यस्ता कार्यक्रमहरु गर्न नेपालभाषा प्रबर्द्वन हरदम तयार रहेको जनाए ।

नेपाली तथा नेपाल भाषा केन्द्रिय विभागका एवम् सभापति डा. विष्णु ज्ञवालीले महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा हर्षित भएको जनाउँदै प्रेमबहादुरको व्यक्तित्व र कृतित्वको संक्षिप्त वर्णन गर्दै कर्यक्रम समापन गरेको थियो ।

साे कार्यक्रममा नेपालका पहिलो ट्रफिक इन्जिनियर शान्त वीर सिंह तुलाधर , सहायक क्याम्पस प्रमुख प्रमिला बिदारी, बरिष्ठ पत्रकार नरेश वीर शाक्य अतिथिकाे रूपमा समेत उपस्थित भएकाे थियाे ।

शीर्ष समाचार

धेरै पढिएको